त्रिवि शिक्षाशास्त्र संकायको डीनका लागि ५ जना सर्टलिष्टमा
सोमबार, १४ असोज २०८१, १८ : ५६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको डीनका लागि ५ जनाको नाम सर्टलिष्टमा परेको छ । छनौट समितिले आवेदन दिएकाहरूमध्ये ५ जनालाई वर्णानुक्रमअनुसार सर्टलिष्टमा राखेको हो ।
सर्टलिष्टमा पर्नेहरूमा प्राडा एकारत्न आचार्य, प्राडा चित्र बहादुर बुढाथोकी, प्राडा नारायण प्रसाद बेलबासे, प्राडा विदोन लुईंटेल र प्राडा वेदराज आचार्य रहेका छन् । उनीहरूको प्रस्तुति र अन्तर्वार्ता असोज १६ गतेका लागि तय गरिएको छ । शिक्षाशास्त्र संकाय डीनका लागि ८ जनाको उम्मेदवारी परेको थियो ।
आवेदन परेकाहरूमध्ये त्रिवि सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ को परिच्छेद १० को ५(ख) बमोजिम सर्टलिष्ट निकालेको हो । त्रिवि सभा तथा कार्यकारी परिषद्को सचिवालय अन्तर्गत छनौट समितिले भदौ १७ गते सूचना जारी गर्दै निर्देशकका लागि आवेदन माग गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण