ट्राफिक अपडेट : यस्तो छ देशभरका सडकको अवस्था
काठमाडौँ । प्रहरीले उपत्यकाकासहित देशभरका सडकको अवस्थाबारे जानकारी गराएको छ । प्रहरीले सोमबारसाँझ साढे ६ बजेसम्मको सडक यातायातको अवस्थाबारे जानकारी गराएको हो ।
प्रहरीका अनुसार काठमाडौँ उपत्यकास्थित सिंहदरबार, माइतीघर, थापाथली, झम्सीखेल, त्रिपुरेश्वर, नागस्थान, न्युरोडगेट, जमल, केशरमहल, लैनचौर, खानिविभाग, टुकुचा, नागपोखरी, लाजिम्पाट, गौशाला, मित्रपार्क, चाबहिल र ग्वार्को हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेका छन् ।
गत शुक्रबारदेखी रोकिएका लामो दुरीका सवारी साधन काठमाडौँबाट छुट्न थालेसँगै नयाँबसपार्क, गोंगबु, कलंकी, नैकाप र नागढुंगा क्षेत्रमा पनि सवारी क्यु बढेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । क्यु रहेको स्थानमा ट्राफिक प्रहरीले आवागमन सहज बनाउने प्रयास गरिरहेको छ ।
ललितपुरको नख्खुडोलमा रहेको पुल भाँचिएकाले सवारी आवागमन बन्द रहेको प्रहरीले जनाएको छ । पहिरोकै कारण सिस्नेरी, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको आवतजावत पनि प्रभावित भएको छ । काठमाडौँ–सिन्धुली–बर्दिबास चल्ने सवारी साधन पनि चल्न नसकेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।
यस्तै धुलिखेल–खावा हुँदै चल्ने सवारी साधन एक लेनमा आलोपालो चलाइएको प्रहरीले जनाएको छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८ चार सयबेशी र रोशी ११ मंगलटारमा बाढी तथा पहिरोले सडक बगाउँदा र सिन्धुलीको सुनकोशी गाउँपालिका १ मा झरेको पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ ।
रसुवा जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीले पुल बगाउँदा खुर्कोट–मन्थली चल्ने सवारी साधनको आवागमन रोकिएको छ ।
सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँलिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ ।
मेची राजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलेहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलि ब्रीज बाढीले बगाउँदा आवत–जावत रोकिएको जनाइएको छ ।
नवलपरासी वर्दघाट सुस्ता पूर्वकै गैंडाकोट नगरपालिका ३ हिउँदेखोलामा पनि पहिरो खसेर कालिगण्डकी करिडोरमा सवारी साधन प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण