समाचार
दाउन्नेमा सडक भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
सोमबार, १४ असोज २०८१, २० : ११

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
बर्दघाट नगरपालिका– ४ दाउन्ने जंगलस्थित खुर्सानी खोलामा सडक भासिएपछि बुटवलबाट काठमाडौँ जाने सवारीलाई पोखरा हुँदै जानको लागि प्रहरीले आग्रह गरेको छ ।
राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका निमित्त प्रमुख ईश्वरी अर्यालले दाउन्नेमाा करिब डेढ फिट सडक भासिएपछि सवारी रोकिएको रातोपाटीलाई बताए । उनले तत्काल खुल्ने सम्भावना नभएकाले बुटवलमा पाल्पा पोखरा हुँदै जान आग्रह गरिएको बताए ।
सडकको माथिल्लो भागमा पनि चर्किएकाले मर्मतसम्भारका लागि सडक डिभिजन कार्यालय चितवन र बुटवलसँगै समन्वय भइरहेको उनले बताए ।
सडक अवरुद्ध भएपछि नारायणगढबाट आउँदै गरेका सवारी साधनलाई दुम्कीबास र बुटवल तर्फबाट जाँदै गरेका सवारी साधनलाई बर्दघाटमा रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो आन्दोलनविरूद्ध आउने जोकोहीलाई जनताले प्रतिकार गर्छन् : अध्यक्ष लिङ्देन
-
प्रधानमन्त्री ओलीद्वारा चित्र प्रदर्शनीको अवलोकन (तस्बिरहरू)
-
नेपाली श्रमिकहरूका समस्या समाधानका लागि एनआरएनएसँग सहकार्य गर्न प्रतिबद्ध छौँ : मन्त्री भण्डारी
-
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
-
सार्वजनिक यातायात हड्तालविरूद्ध सर्वोच्चमा रिट, बुधबार पेसी
-
जसपा नेपालका अध्यक्ष यादव स्वदेश फिर्ता