मलेखुमा फेरि पहिरो, रातको समयमा मुग्लिन–मलेखु खण्डमा यात्रा नगर्न प्रहरीको आग्रह
काठमाडौँ । धादिङको मलेखुमा पुनः पहिरो खसेको छ । अविरल वर्षाको कारण पृथ्वी राजमार्गको धादिङ र चितवनमा पर्ने सडक खण्ड लगातार अवरुद्ध छ ।
धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर–९ स्थित झ्याप्ले खोलामा दुईवटा माईक्रो बस र एउटा बसमाथि पहिरो खस्दा ३५ जनाले ज्यान गुमाए । ना.४ ख २२७० नम्बरको बस, बा.२ ख १३४५ नम्बरको हायस र लु. १ ज ४५७७ नम्बरको विङ्गर पुरिँदा ३५ जनाले ज्यान गुमाएका हुन् ।
पहिरो खस्ने क्रम नरोकिएपछि पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सड्क खण्डमा थप प्रहरी प्रहरी परिचालन गरिएको छ । नियमित बाहेक ७५ जना थप मद्धत सो सड्क खण्डमा परिचालन गरिएको बागमती प्रदेशका डीआईजी कृष्णहरी शर्माले रातोपाटीलाई बताए । उनले भने, ‘ट्राफिकको एसपीको नेतृत्वमा सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।’
बागमति प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीलाई मुग्लिन–नागढुंगा क्षेत्रको सवारी व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ । रातको समयमा थप जोखिम हुने आकलन गरेर प्रहरीले सो क्षेत्रमा राति यात्रा नगर्न आग्रह गरेको छ । डीआईजी पोखरेलले भने, ‘रातको समयमा थप जोखिम हुने देखिएको हुनाले यात्रा नगर्न भनेका छौँ ।’
नागढुंगा हुँदै काठमाडौँ भित्रिन खोजेका साना सवारी साधनलाई प्रहरीले गल्छीबाट नुवाकोट हुँदै काठमाडौँ पठाएको छ । सवारी साधन पार्किङ गर्दा भिरालो ठाउँमा नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण