तारकेश्वर नगरपालिकाका अमिन घुसको रकमसहित पक्राउ
सोमबार, १४ असोज २०८१, २१ : १४
काठमाडौँ । तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वरचन्द्र चौलागाई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चौलागाई घुसको २० हजार रुपैयाँसहित पक्राृ गरेको हो ।
सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार चौंलागाईले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा आयोगको टोली खटिएको थियो । टोलीले उनको साथबाट स्रोत नखुलेको ३४ हजार रुपैयाँ समेत बरामद गरेको छ ।
उनलाई तारकेश्वर नगरपालिका-६ धर्मस्थलीबाट सोमबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण