बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलना निवेदन दर्ता, भोलि पेसी
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलना जन्य अभिव्यक्ति दिएको भन्दै अवहेलनामा कारबाही गर्न माग गर्दै सर्वोच्च प्रशासनले तयार गरेको प्रतिवेदन दर्ता भएको छ। उनीविरूद्ध अदालतको अवहेलनामा कारबाही हुनुपर्ने भन्दै उपरजिष्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन उठाएर दर्ता गरिएको सर्वोच्च स्रोतले जानकारी दिएको छ।
‘बार अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको र प्रधानन्यायाधीश विरुद्ध भ्रामक र अनर्गल टिप्पणी गरेको भन्दै अदालतको अवहेलनामा कारबाही गर्न प्रतिवेदन उठाएर दर्ता पनि भएको छ,’ सर्वोच्च प्रशासनले भन्यो , ‘भोलि पेसी छ।’ बार अध्यक्ष घिमिरेले पनि आफू विरुद्ध अवहेलना निवेदन दर्ता भएको भोलि पेसी रहेको पुष्टि गरे ।
आजै न्याय परिषद्ले पनि बार अध्यक्षले अदालत, न्याय परिषद् र प्रधानन्यायाधीशविरुद्ध कुलषित मनसायले अनर्गल र सर्वसाधारणलाई भ्रममा पार्ने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै खेद प्रकट गरेको थियो।
नेपाल बारले अहिले मुख्य रजिष्ट्रारलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा वरियतामा मुख्य न्यायाधीशभन्दा मुनि र अरू न्यायाधीशभन्दा माथिको रोलक्रम दिने गरी बनाइएको नियमावली खारेज गर्न माग गर्दै विरोध कार्यक्रम गर्दै आएको छ।
उक्त नियमावली नसच्याई कुनै पनि अदालतमा न्यायाधीश नियुक्ति गर्न नपाइने बारको माग छ। बारको विरोधकै बीचमा असोज ११ गते सर्वोच्चमा दुई न्यायाधीश नियुक्ति सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले त्यसमाथि प्रश्न उठाएका छन्। उनले न्यायाधीश सिफारिसमा लेनदेन भएको आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण