युकेमा रुचाइयो ‘काँडेतार’
काठमाडौँ । नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्ने विषयवस्तुमा निर्माण भएको फिल्म ‘काँडेतार’ अहिले युकेको विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।
यस्तैमा फिल्म सोमबार युकेको आश्फोर्ड सिङ्गलटन हलमा प्रदर्शन भएको थियो । प्रदर्शनीमा दर्शकको उपस्थिति राम्रो रहेको गायिका तथा फिल्मकी निर्माता सत्यकला राईले बताइन् ।
‘देशको माटो र मान्छे जोगाउने उद्देश्यका साथ निर्माण भएको फिल्म भएकोले होला युके निवासी नेपालीहरूले विशेष प्रेम र सद्भाव देखाउनु भएको छ‘, राईले भनिन् ‘फिल्मको दिन प्रतिदिन माग बढ्दो छ ।’ फिल्मको शोमा दर्शकको अनुरोधमा राईले आफ्ना चर्चित गीत समेत सुनाएकी थिइन् ।
निर्माता राईका अनुसार फिल्म हेर्न विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, कलाकार, लेखक, पत्रकारहरू आएका थिए । शोको मुख्य आयोजक नेप्लिज लेडिज ग्रुपका जया कोयी राई, देवान राई र ट्रस्टी अफ गोर्खा पिस फाउन्डेसनका गंगाराज राई, यायोक्खा वेलाय र नेपाली कलाकार प्रस्तोता समाज बेलायत किरात राई, कल्पना राई कुञ्जु, सगरमाथा गोरखा नेप्लिज लेडिज कम्युनिटी आस्फोर्ड र सांस्कृतिक सचिव किरात राई यायोक्खा लगायत रहेका थिए ।
फिल्म नबल खड्काले निर्देशन गरेका हुन् । फिल्ममा नबलको अलावा, गौरव पहाडी, रेविका गुरूङ, प्रशान्त यादव,सुरबिना कार्की, मुरलिधर, संजय खतिवडा,रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी, पुष्प श्रेष्ठलगायतको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण