नख्खु खोलामा उद्धार गर्न सरकार पुगेको थियो : गृहमन्त्री लेखक
मङ्गलबार, १५ असोज २०८१, १२ : ४१
काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले असोज १२ गते नख्खु खोलामा बाढी आएको बेला छानामा चढेर बसेका व्यक्तिलाई उद्धार गर्न सरकार पुगेको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले
बाढीले बगाएका ४ जना मध्ये २ जनाको उद्धार भएको र २ जना अझै बेपत्ता रहेको बताए । उद्धारको प्रतीक्षामा रहेकाहरूलाई उद्धार गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेको दाबी गरे ।
उनले भने-'अघि चित्रबहादुर केसीले बाहिर नख्खु खोलाको बारेमा सोध्नु भएको थियो, त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी पुगेर रेस्क्यु गर्ने प्रयत्न गरेको हो । हेलिकप्टरबाट पनि उद्धार गर्ने कोसिस गरेको हो । सरकार त्यहाँ नपुगेको भन्ने हाेईन । म अहिले पनि सबै प्रमुख जिल्ला अधिकारीहरूको सम्पर्कमा छु ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण