नख्खु खोलामा उद्धार गर्न सरकार पुगेको थियो : गृहमन्त्री लेखक
मङ्गलबार, १५ असोज २०८१, १२ : ४१

काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले असोज १२ गते नख्खु खोलामा बाढी आएको बेला छानामा चढेर बसेका व्यक्तिलाई उद्धार गर्न सरकार पुगेको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले
बाढीले बगाएका ४ जना मध्ये २ जनाको उद्धार भएको र २ जना अझै बेपत्ता रहेको बताए । उद्धारको प्रतीक्षामा रहेकाहरूलाई उद्धार गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेको दाबी गरे ।
उनले भने-'अघि चित्रबहादुर केसीले बाहिर नख्खु खोलाको बारेमा सोध्नु भएको थियो, त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी पुगेर रेस्क्यु गर्ने प्रयत्न गरेको हो । हेलिकप्टरबाट पनि उद्धार गर्ने कोसिस गरेको हो । सरकार त्यहाँ नपुगेको भन्ने हाेईन । म अहिले पनि सबै प्रमुख जिल्ला अधिकारीहरूको सम्पर्कमा छु ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय र प्रारम्भिक बाल विकासको विषय टुङ्गिन सकेन
-
प्ले–अफ चरणमा पुग्न हतारिएको गुजरात र अगाडि बढ्न संघर्षरत दिल्ली भिड्दै
-
फौजदारी अभियोगमा थुनिएका शिक्षकले सफाइ पाएपछि मागे थुना अवधिभरको तलब, सर्वोच्चले के भन्यो ?
-
वाईसीएल अध्यक्ष पदका लागि आकांक्षीको लर्को
-
उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
-
सुदूरपश्चिम प्रदेशको वनमन्त्रीमा रामेश्वर चौधरी नियुक्त