लेवान्डोस्कीले रोनाल्डोको रेकर्ड पछ्याउँदा बार्साको सहज जित
क्याम्प नाउ । रोबर्ट लेवान्डोस्कीको दुई गोलको मद्दतले बार्सिलोनाले च्याम्पियन्स लिगमा यङ ब्वाइजमाथि सहज जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना ५–० गोलले विजयी बनेको हो ।
घरेलु टोलीले खेलको सुरुवातमा नै अग्रता लियो । लेवान्डोस्कीले खेलको आठौँ मिनेटमा पहिलो गोल गरे । ३४ औँ मिनेटमा राफिन्हाले टोलीको अग्रता दोब्बर बनाए । ३ मिनेटपछि इनिगो मार्टिनेजले तेस्रो गोल थपे ।
दोस्रो हाफमा पनि ला लिगाको शीर्ष स्थानमा रहेको बार्साले विपक्षी टोलीमाथि दबाब कायम राख्यो । ५१ औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे ।
योसँगै ३६ वर्षीय पोल्यान्डका फरवार्ड च्याम्पियन्स लिगको इतिहासमा ३० वर्षको उमेरपछि ५० वा सोभन्दा बढी गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । यो रेकर्ड यसअघि क्रिस्टियानो रोनाल्डोको नाममा मात्र थियो । प्रतियोगितामा उनले कूल ९६ गोल गरेका छन् ।
खेलको अन्त्यतिर मोहम्मद अली कामाराले यङ ब्वाइजका लागि आत्मघाती गोल गरे । स्वीस च्याम्पियन टोली प्रतियोगितामा जितविहीन रहेको छ । पहिलो खेलमा टोली एस्टन भिल्लासँग ३–० गोलले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण