फोडेनको प्रेरणामा सिटीको सहज जित
बुधबार, १६ असोज २०८१, ०९ : १२

लण्डन । फिल फोडेनले एक गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि इंग्लिस च्याम्पियन टोलीले च्याम्पियन्स लिगको नयाँ सिजनमा पहिलो जित हासिल गरेको छ । मंगलबार भएको खेलमा सिटी ४–० गोले विजयी बनेको हो ।
गत सिजन पीएफए प्लेयर अफ द सिजन घोषित फोडेन यो सिजन भने फर्मका लागि संघर्षरत थिए । तर, मंगलबार भने उत्कृष्ट खेल प्रदर्शन गरे ।
इल्के गुन्डोगानले आठौँ मिनेटमा नै सिटीलाई अग्रता दिलाए । १५ औँ मिनेटमा फोडेनले टोलीको अग्रता दोब्बर बनाएका थिए । यो सिजन उनको यो पहिलो गोल थियो ।
दोस्रो हाफको ५८ औँ मिनेटमा अर्लिङ हालान्डले टोलीका लागि तेस्रो गोल गरे । ७४ औँ मिनेटमा फोडेनले जेम्स म्याकएटीका लागि गोलको अवसर सिर्जना गरे ।
सिटीका म्यानेजर पेप ग्वार्डिओलाले प्रिमियर लिगमा न्युक्यासलसँग बराबरी खेल्ने टोलीमा ६ वटा परिवर्तन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रममाथिको छलफल व्यर्थको बहस : उर्मिला अर्याल
-
नीति तथा कार्यक्रममा गर्न सकिने कुराहरू लेखिएको छ, यो सान्दर्भिक छ : प्रमुख सचेतक न्यौपाने
-
उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते
-
नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैन : स्वास्थ्यमन्त्री पौडेल
-
बागमतीको पर्यटन विकास आयोजना र कार्यालय खारेज
-
पुरानै नीति तथा कार्यक्रमलाई रि–प्याकेजिङ गरियो : सांसद पौडेल