फोडेनको प्रेरणामा सिटीको सहज जित
बुधबार, १६ असोज २०८१, ०९ : १२
लण्डन । फिल फोडेनले एक गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरेपछि इंग्लिस च्याम्पियन टोलीले च्याम्पियन्स लिगको नयाँ सिजनमा पहिलो जित हासिल गरेको छ । मंगलबार भएको खेलमा सिटी ४–० गोले विजयी बनेको हो ।
गत सिजन पीएफए प्लेयर अफ द सिजन घोषित फोडेन यो सिजन भने फर्मका लागि संघर्षरत थिए । तर, मंगलबार भने उत्कृष्ट खेल प्रदर्शन गरे ।
इल्के गुन्डोगानले आठौँ मिनेटमा नै सिटीलाई अग्रता दिलाए । १५ औँ मिनेटमा फोडेनले टोलीको अग्रता दोब्बर बनाएका थिए । यो सिजन उनको यो पहिलो गोल थियो ।
दोस्रो हाफको ५८ औँ मिनेटमा अर्लिङ हालान्डले टोलीका लागि तेस्रो गोल गरे । ७४ औँ मिनेटमा फोडेनले जेम्स म्याकएटीका लागि गोलको अवसर सिर्जना गरे ।
सिटीका म्यानेजर पेप ग्वार्डिओलाले प्रिमियर लिगमा न्युक्यासलसँग बराबरी खेल्ने टोलीमा ६ वटा परिवर्तन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण