प्रतिबन्धबाट जोगिए म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डिस
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डिसले तीन खेलको प्रतिबन्ध भोग्नु नपर्ने भएको छ । ३० वर्षीय पोर्चुगिज मिडफिल्डर फर्नान्डिसले गत आइतबार खेलिएको टोट्टनहामविरुद्धको खेलका क्रममा गलत खेल खेलेका कारण सिधै रातो कार्ड पाएका थिए ।
खेल सुरु भएको ४२ औँ मिनेटमा जेम्स म्याडिसनलाई फाउल गरेपछि उनी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । सोही कारणले आगामी तीन खेलमा प्रतिबन्ध भोग्नुपर्ने अवस्था थियो । तर, रातो कार्ड दिने रेफ्रीको निर्णयविरुद्ध म्यानचेस्टर युनाइटेडले पुनरावेदन गरेको थियो ।
अहिले आएर म्यानचेस्टर युनाइटेडले पुनरावेदन जितेको छ । त्यसैले अब ब्रुनो फर्नान्डिसले प्रतिबन्ध पनि भोग्नु नपर्ने भएको छ । म्यानचेस्टर युनाइटेडले पुनरावेदन जितेसँगै अब ब्रुना फर्नान्डिसले एस्टन भिल्ला, ब्रेन्टफोर्ड र वेस्ट हामविरुद्धको खेल पनि खेल्न पाउने भएका छन् ।
ब्रुनो फर्नान्डिसले पनि आफूले अनाहकमा रातो कार्ड पाएको भन्दै असन्तुष्टि ब्यक्त गर्दै आएका थिए । ‘त्यो सिधै रातो कार्ड पाउनु पर्ने अवस्था नै थिएन । मैले फाउल खेलेको थिएँ तर, सिधै रातो कार्ड पाउने गरी होइन,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण