‘म्यान अफ दि इयर नेपाल’ बने कृष्ण न्यूरे
काठमाडौँ । ‘म्यान अफ दि इयर नेपाल २०२४’को उपाधि रुपन्देहीका कृष्ण न्यूरेले जितेका छन् । राजधानीमा आयोजित प्रतियोगीताको अन्तिम प्रतिस्पर्धामा उनले उपाधि हात पारेका हुन् । अमेरिका बस्दै आएका न्यूरे प्रतियोगिताको लागि नेपाल आएर अडिसन मार्फत सहभागी भएका थिए ।
विजेता न्यूरेले नगद पुरस्कार ७ लाख रुपैयाँ र विनर ट्रफी हात पारे । उनले थाइल्याण्डमा हुने ‘म्यान अफ दि इयर’ ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन् ।
विजेतालाई कार्यक्रमका ब्राण्ड एम्बास्डर तथा निर्णायक अभिनेता अनुपविक्रम शाही, कोरियोग्राफर अभिनेता प्रशान्त ताम्राकार, कार्यक्रम निर्देशक संसद शाह र कार्यकारी निर्देशक स्वीकृति प्याकुरेल, निर्णायकद्वय राजभाइ सुवाल र करण वैधले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा मस्कुलिन म्यान अफ दि इयरको उपाधि उत्सव श्रेष्ठ, माइण्डफूल म्यान अफ दि इयरको उपाधि प्रविण आचार्य, मोडर्न म्यान अफ दि इयर अभिमन्यू खड्का, मास्टरली म्यान अफ दि इयर अनमोल भण्डारी र म्यानली म्यान अफ दि इयरको उपाधि कृष्ण न्यूरेले नै हात परे ।
देशका विभिन्न प्रमुख सहरहरूमा सम्पन्न अडिसनबाट छनोट भएका सयभन्दा बढी सहभागी मध्ये अन्तिम प्रतिस्पर्धामा चुनिएकाहरूबिच आयोजक संस्था यू क्यान फ्लाई फेशन प्रालीले विजेताका लागि अन्तिम प्रतिस्पर्धा आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण