दुई महिनादेखि पशुपति क्षेत्र विकास कोषका कर्मचारीले पाएनन् तलब

काठमाडौँ । पशुपति क्षेत्र विकास कोष अन्तर्गत ज्यालादारी, करार सेवामा नियुक्त कर्मचारीको तलब दुई महिनादेखि रोकिएको छ । असार मसान्तदेखि करार अवधि सकिएको समयमा अवधि नवीकरण नगरिदिँदा उनीहरू दसैँको मुखमा रित्तो हात हुने अवस्था देखिएको हो ।
ती कर्मचारीहरूको असार मसान्तभन्दा अघि नै करार सेवा नवीकरण हुनुपर्थ्यो । सेवा नवीकरण नगरे साउन १ गतेदेखि उनीहरूलाई अवकाश दिनुपर्थ्यो । तर, अढाई महिनासम्म उनीहरूलाई कोषले काम लगाइरहेको छ । तर, तलब भने निकासा भएको छैन ।
यसरी तलब निकासा रोकिनेहरूमा झन्डै एक सय जना कर्मचारी रहेका छन् । त्यसमध्ये अधिकांश सुरक्षाकर्मी र सरसफाइ कर्मचारी रहेका छन् । तीबाहेक अरू कर्मचारीको तलब भने नियमित रूपमा गइरहेको छ ।
पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारी ती कर्मचारीहरूको करार अवधि नवीकरण हुन नसक्दा तलब रोकिएको हो । करार अवधि नवीकरण गर्ने जिम्मा कोष परिषद्को हुन्छ । परिषद्को नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको नेतृत्वमा हुन्छ । तर, लामो समयदेखि परिषद् बस्न नसक्दा यो रोकिएको प्रवक्ता अधिकारी बताउँछन् ।
‘उहाँहरूको असार मसान्तदेखिको समय सकिएको हो । तर, करार सेवा नवीकरण गर्ने सहमति भएर काम निरन्तर गर्नुभएको हो । तर, अवधि थपको निर्णय बोर्डबाट हुनुपर्नेमा बोर्ड बसेको छैन, बोर्ड बैठक बसेपछि मात्रै निर्णय हुन सक्छ,’ अधिकारी भन्छन्, ‘प्रक्रिया नपुर्याइ हामीले निकासा गर्न सक्ने कुरा भएन, प्रक्रियामा पूरा गर्न समय लागेको हो ।’ बोर्ड बैठक कहिले बस्छ वा निर्णय हुन्छ भन्नेबारे भने आफूलाई जानकारी नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला