मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा ज्ञवाली नियुक्त
बागमती । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले प्रतिष्ठानको उपकुलपतिमा पाल्पा निवासी डा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
यसअघि प्रतिष्ठानको उपकुलपतिका लागि डा ज्ञवालीसहित सर्लाहीका डा हरिबहादुर खड्का र काठमाडौँ निवासी डा सुजन मानन्धरको नाम सिफारिस भएकोमा थियो ।
डा ज्ञवालीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्स्टिच्युट अफ मेडिसिन क्लिनिकल फर्माकोलोजिमा मास्टर्स गरेका छन् । उनी महाराजगन्ज मेडिकल क्याम्पस ‘एसोसियट प्रोफेसर’समेत हुन्। डा ज्ञावालीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिव भएर काम गरिसकेका छन् ।
चारवर्षे कार्यकाल पूरा गरी प्रतिष्ठानको उपकुलपति डा विश्वराज जोशी बिदा भएपछि गत साउन १५ गतेदेखि सो पद रिक्त थियो । मन्त्रिपरिषद् बैठकले संघीय सरकारले पठाएका तीन जना सचिवलाई पदस्थापन गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रिक्त सचिव पदमा बिदुर खनाललाई जिम्मेवारी दिएको छ ।
यस्तै प्रदेश नीति तथा योजना आयोगको सचिवमा केशवराज सुवेदी, प्रदेश लोकसेवा आयोगको सचिवमा तुलसीनाथ गौतमलाई जिम्मेवारी दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता लामिछानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण