एट्लेटिकोको पोस्टमा बेनफिकाको गोल वर्षा
बिहीबार, १७ असोज २०८१, ०७ : ३८
लिस्बन । बेनफिकाले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि गोल गोल वर्षा गर्दै यो सिजन च्याम्पियन्स लिगमा आफ्नो उत्कृष्ट सुरुवात कायम राखेको छ । बुधबार राति भएको खेलमा बेनफिका ४–० गोलले विजयी बनेको हो ।
खेलको १३ औँ मिनेटमा नै केरेम अटुरकोग्लोले पोर्चुगिज टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा रियल मड्रिडका पूर्व फरवार्ड एन्जेल डी मारियाले पेनाल्टीबाट टोलीको अग्रता दोब्बर बनाए ।
७५ औँ मिनेटमा एलेक्सान्डर बाहले टोलीका लागि तेस्रो गोल गरे । खेलको अन्त्यतिर बेनफिकाले अर्को पेनाल्टी पायो । यसपटक ओरकुन कोक्कुले अवसरलाई सजिलै गोलमा परिणत गरे ।
प्रतियोगिताको पहिलो खेलमा बेनफिकाले रेड स्टार बेलग्रेडलाई २–१ गोलले हराएको थियो । एट्लेटिकोले पनि सोही गोलअन्तरले आरबी लेइपजीगलाई पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण