मेस्सीको दुई गोलमा मियामीलाई सपोर्टर्स शिल्ड
मियामी । कोलम्बस क्रियूलाई बुधबार ३–२ गोलले हराउँदै इन्टर मियामीले २०२४ सपोर्टर्स शिल्डको उपाधि जितेको छ ।
खेलमा स्टार खेलाडी लियोनेल मेस्सीले दुई गोल गरे । दुवै गोल उनले पहिलो हाफको अन्त्यमा गरेका थिए ।
दोस्रो हाफको सुरुवातमा डिएगो रोस्सीले कोलम्बसका लागि एक गोल फर्काए । तर, दुई मिनेटपछि नै लुइस सुवारेजले अर्को गोल थप्दै मियामीको दुई गोलको अग्रता कायम राखे ।
६१ औँ मिनेटमा कुचो हर्नान्डेजले पेनाल्टीबाट कोलम्बसका लागि दोस्रो गोल गरे । लगत्तै रुडी कामाचोले रेर्ड कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बन्यो ।
८४ औँ मिनेटमा कोलम्बसले अर्को पेनाल्टी पायो । तर, हर्नान्डेज यसपटक भने बराबरी गर्नबाट चुके । उनको प्रहार मियामी गोलकिपर ड्रेक कालेन्डरले बचाउ गरे ।
२०२४ को सपोर्टर्स शिल्डको उपाधि क्लबसँग मेस्सीको दोस्रो उपाधि हो । यो उपाधि एमएलएसको रेगुलर सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई दिइन्छ ।
उनको करियरको यो ४६ औँ उपाधि पनि हो । उनले आफ्नो करियरमा १० ला लिगा, चार च्याम्पियन्स लिग, दुई कोपा अमेरिका र २०२२ को फिफा विश्वकपको उपाधि जितेका छन् ।
यता, मेस्सी लामो समय घाइते हुँदै मैदानबाहिर रहे पनि इन्टर मियामीका लागि सर्वाधिक गोल र एसिस्ट गर्ने खेलाडी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण