नेपालमा उत्पादित हुन्डाईको नयाँ भेरियन्ट बिक्री वितरण सुरु
काठमाडौँ । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले Venue E भेरियन्टको उत्पादन सुरु गरेको छ। कर्पोरेशनले २०२४ मे बाट Venue S र SX उत्पादन सुरु गरेको थियो। लक्ष्मी मोटर कर्पोरेशन, नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो।
कम्पनीले नेपालमा हुन्डाई Venue को व्यवसायिक उत्पादन सुरु गरिए सँगै HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY क्याम्पेन पनि सुरु गरेको जनाएको छ । जसअनुसार हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरु मार्फत बिक्री गरिसकेको कम्पनीले जनाएको छ। हुन्डाई Venue E को प्रारम्भिक मूल्य सिमित अवधिको लागि ४० लाख ९६ हजार कायम गरिएको छ। यसमा हाल चलिरहेको दसैँ तिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ।
हाल नेपालमा उपलब्ध Venue का अरु भेरियन्टहरुको मूल्य Venue (S) 1.2 को ४४,९६,००० र Venue (SX) 1.2 को मूल्य ५३,५६,००० कायम गरिएको छ l कम्पनीले मेड इन नेपाल हुन्डाई Venue मा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण