एमाले सांसद शाहीले गरे बालेनको आलोचना : बाढीमा खै उद्धार गरेको ?
काठमाडौँ । नेकपा एमालेका सांसद दयालबहादुर शाहीले बाढीको बेला काठमाडौँ महानगर प्रमुख बालेन शाहले नगर प्रहरी परिचालन नगरेको भन्दै आलोचना गरेका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद शाहीले बालेन सस्तो लोकप्रियतामा लागेको बताए ।
उनले भने– ‘सडकमा व्यापार गरेर खानेहरूलाई लखेट्ने बालेनका नगर प्रहरी बाढीमा कहाँ गए ? सस्तो लोकप्रियताले मात्र केही हुँदैन ।’ उनले बाढी गएका बेला प्रधानमन्त्री अमेरिका बस्यो भनेर हौवा फैलाएको बताउँदै उताबाट आउनै ३ दिन लाग्ने कुरा किन नबुझेको भन्दै प्रश्न गरे ।
उनले हाइवे खोलाको किनारबाट बनाएका कारण बढी क्षति भएको बताए । उनले भने– ‘नाम नै हाई वे अर्थात अग्लो ठाउँबाट बाटो हुनुपर्ने, तल तलबाट बाटो बनाएपछि क्षति हुँदैन त ।’ उनले मौसमविद्ले भने पनि नभने पनि बर्सादका बेला र हिउँदमा आगलागी हुने बेला पूर्वतयारी हुनुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण