विश्वकै दोस्रो धनाढ्य बने मार्क जुकरबर्ग
वासिङ्टन । फेसबुक लगायत सामाजिक सञ्जाल कम्पनीहरूको माउ कम्पनी मेटाका हाकिमको धन दिनदिनै बढिरहेको छ । मेटाका प्रमुख कार्यकारी अधिकारी (सीईओ) जुकरबर्ग यतिबेला विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् ।
एमाजनका हाकिम जेफ बेजोस र फ्रान्सेली लक्जरी ब्रान्ड एलभीएचएमका बर्नार्ड आर्नोलाई उछिनेर ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्समा उनी दोस्रो स्थानमा उक्लिएका छन् ।
सूचकका अनुसार जुकरबर्गको नेटवर्थ २ खर्ब ११ अर्ब डलर रहेको छ । उनीभन्दा अगाडि अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क छन् ।
मस्कको नेटवर्थ २ खर्ब ६३ अर्ब डलर रहेको छ । यो वर्ष सुरु भएयता जुकरबर्गको सम्पत्ति ८२ अर्ब डलरले बढिसकेको छ । हालै मात्रै उनी २ खर्बपतिको समूहमा प्रवेश गरेका थिए । जुकरबर्थले सन् २००४ मा फेसबुक लन्च गरेका थिए । उनको अधिकांश सम्पत्ति मेटाको शेयरमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण