गृहमन्त्रीद्वारा ललितपुरस्थित बाढी प्रभावित क्षेत्रको अवलोकन
आइतबार, २० असोज २०८१, १२ : १३
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको वडा नम्बर–६ स्थित आनन्दवन अस्पताल, र गोदावरी–७ को माथिल्लो बुरुङचुलीमा मनसुनजन्य विपद्ले गरेको क्षतिबारे अवलोकन गरेका हुन् ।
उनले टिका भैरव र महालक्ष्मी नगरपालिकास्थित गोदावरी कुण्डको पनि अवलोकन गरे । मनसुनजन्य विपद्का कारण ललितपुरमा मात्र ४३ जनाले ज्यान गुमाएका छन् । ८ जनाको अवस्था अझै अज्ञात छ ।
गोदावरी नगरपालिकाको वडा नम्बर–७, ६, ५ र १० मा १४ जनाको मृत्यु भएको प्रहरी वृत्त चापागाउँका डीएसपी डिल बहादुर मल्लले रातोपाटीलाई बताए । बागमती गाउँपालिकामा २ जना, कोन्ज्योसोम गाउँपालिकामा ३ जना र महांकाल गाउँपालिकामा १० जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण