भारतले सहयोग गर्ने आशमा माल्दिभ्सका राष्ट्रपति मुइज्जु
नयाँदिल्ली । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु भारतको भ्रमणमा आउँदैछन् । आफ्नो भ्रमणअघि बीबीसीसँगको कुराकानीमा अहिलेको आर्थिक सङ्कट टार्न माल्दिभ्सलाई सहयोग गर्न भारत अगाडि आउनेमा आफू विश्वस्त रहेको उनले बताएका छन् । मुइज्जु पाँच दिने भारत भ्रमण आइतबारदेखि सुरु हुँदैछ ।
मुइज्जुले भारतसँग सहयोग माग्न सक्ने विश्वास गरिएको छ । माल्दिभ्सले यतिबेला ठुलो आर्थिक सङ्कटको सामना गरिरहेको छ । माल्दिभ्स ऋणको सावा र ब्याज तिर्न नसकेर डिफल्टमा जाने स्थितिमा छ । उसको विदेशी मुद्रा सञ्चिति पनि ४४ करोड डलरमा झरेको छ । यो भनेको डेढ महिनालाई मात्रै आयात गर्न पुग्ने रकम हो ।
भारत भ्रमणअघि मुइज्जुले बीबीसीलाई इमेलमार्फत अन्तरवार्ता दिएका थिए । ‘विकासमा भारत हाम्रो सबैभन्दा ठुलो साझेदार हो र हाम्रो अवस्थाबारे ऊ पूर्ण रूपमा सचेत छ । हामी आशा गर्छौँ कि भारत सधैँ हामीले सामना गर्ने चुनौतीहरूको लागि राम्रो विकल्प र समाधान खोज्न तयार हुनेछ ।’
मुइज्जुले आशा व्यक्त गरेका छन् । पछिल्लो समय भारत र माल्दिभ्सबिचको सम्बन्ध तितो भएको छ । ‘इन्डिया आउट’ नारा मोहम्मद मुइज्जुको चुनावी अभियानको एक हिस्सा थियो । माल्दिभ्सका राष्ट्रपतिले यस अभियानको बारेमा प्रत्यक्ष रूपमा केही भनेनन् । तर आपसी वार्ताबाट कुनै पनि विवाद समाधान गर्न सकिने उनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण