बराबरीमा रोकिए युनाइटेड र चेल्सी
लण्डन । म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा एस्टन भिल्लासँग संघर्षपूर्ण बराबरीमा रोकिएको छ । आइतबार राति भिल्ला पार्कमा भएको खेलमा दुई टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
खेलमा मार्कस रासफोर्डको दुईवटा प्रयास भिल्लाका गोलकिपर एमी मार्टिनेजले रोकेका थिए । दोस्रो हाफमा कप्तान ब्रुनो फर्नान्डेजको फ्रिकिक बारमा लागेर फर्किएको थियो ।
उता, युनाइटेडका गोलकिपर आन्द्रे ओनानाले भने खासै चुनौतीको सामना गर्न परेन । बराबरीपछि युनाइटेड ७ खेलबाट ८ अङ्क बटुल्दै लिगको १४ औँ स्थानमा सीमित रहेको छ । भिल्ला भने १४ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ ।
आइतबार नै भएको अन्य खेलमा चेल्सी १० खेलाडीमा सीमित नटिङह्याम फरेस्टसँग १–१ को बराबरीमा रोकिएको छ ।
टोली घरेलु मैदानमा ४९ औँ मिनेटमा पछि परेको थियो । क्रिस वुडले नटिङह्यामलाई अग्रता दिलाएका थिए । तर, ५७ औँ मिनेटमा नोनी मान्डुएकेले कोल पाल्मरको पासमा गोल गर्दै खेल बराबरी गरे ।
खेलको ७८ औँ मिनेटमा जेम्स वार्ड प्रावस दोस्रो रातो कार्ड खाँदै मैदान छाड्न परेपछि नटिङह्याम १० खेलाडीमा सीमित बनेको थियो । तर, चेल्सीले यसको फाइदा उठाउन भने सकेन ।
बराबरीपछि ७ खेलबाट चेल्सीको १४ अङ्क रहेको छ । गोल अन्तरको आधारमा भिल्लालाई उछिन्दै टोली चौथो स्थानमा छ । नटिङह्याम भने १० अङ्क बटुल्दै नवौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण