पहिलो टी–२० मा भारतले सजिलै हरायो बंगलादेशलाई
ग्वालियर । टी–२० शृङ्खलाको पहिलो खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य भारतले मात्र ३ विकेटको क्षतिमा ४९ बल बाँकी छँदै पछ्यायो ।
भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ३९ रनको योगदान दिए । उनले मात्र १६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, सञ्जु स्यामसन र कप्तान सूर्यकुमार यादवले समान २९–२९ रन बनाए ।
अभिषेक शर्मा र नितिश कुमार रेड्डीले १६–१६ रन जोडे । बंगलादेशका लागि मुस्तफिजुर रहमान र मेहदी हसन मिराजले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बंगलादेश १९।५ ओभरमा १ सय २७ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि मेहदी हसन मिराजले सर्वाधिक ३५ रन जोडे ।
त्यस्तै, कप्तान नजमुल होसेन सान्तोले २७ रन तथा तोहिद हृदोय र तक्सिन अहमदले १२–१२ रन बनाए । भारतका लागि अर्शदीप सिंहले कसिलो बलिङ गर्दै ३।५ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए । उनलाई वरुण चक्रवर्तीले ३ विकेट लिँदै साथ दिए ।
हार्दिक पाण्ड्या, मयंक यादव र वासिङ्टन सुन्दरले १–१ विकेट लिए । अब दोस्रो खेल बुधबार खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण