कारागारका कैदीलाई साब्लाबुङ अभियानले दियो नौ सय थान बढी पुस्तक
संखुवासभा । जिल्ला कारागारमा रहेको पुस्तकालयका लागि साब्लाबुङ पुस्तकालय अभियानले नौ सय थानभन्दा बढी पुस्तक उपलब्ध गराएको छ ।
आइतबार एक कार्यक्रमबीच साब्लाबुङ पुस्तकालय अभियानले कैदीबन्दीलाई पुस्तक हस्तान्तरण गरेको हो ।
जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई पठन संस्कृतिको विकास र ज्ञान प्राप्तिका लागि सहज होस् भन्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको साब्लाबुङ पुस्तकालय अभियानका अध्यक्ष राजकुमार राईले जानकारी दिए ।
कैदीबन्दीलाई कानुनसम्बधीका पुस्तकसँगै प्रेरणादायक, जीवनोपयोगी, साहित्यसम्बन्धी रु एक लाख ५० हजार बराबरका पुस्तक उपलब्ध गराइएको उनले बताए ।
आफूहरूले ‘शैक्षिक संस्थामा पुस्तकालय, गाउँटोलमा पुस्तकालय र घरमा पुस्तकालय निर्माण गरौँ’ भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिरहेको अध्यक्ष राईले बताए।
कारागार प्रमुख जेलर तुलसी पौडेलले यस कार्यले कैदीबन्दीहरूलाई आवश्यक अध्ययन तथा महत्वपूर्ण विषयमा जानकारी लिन सघाउ पुग्ने बताए।
जिल्ला कारागारमा हाल एक सय ३५ कैदीबन्दी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण