दक्षिणकाली दर्शनका लागि पुगे राष्ट्रपति पौडेल
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिर पुगेर दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद ग्रहण गरेका छन् ।

काठमाडौँको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यो मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ ।

सो अवसरमा दक्षिणकाली नगरपालिकामा प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रको पुनर्निर्माणमा सहयोगका लागि आग्रह गरेका थिए । साथै काठमाडौँ मकवानपुरको सडक छिटो पुनर्निर्माण गरी सडक निर्बाध सञ्चालनको आवश्यकता औँल्याए ।

सो अवसरमा राष्ट्रपति पौडेलले बाढीपहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताए । राष्ट्रपति पौडेल मन्दिर पुग्दा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण