फोन चोर नै पछुताउने गजबको फिचर ल्याउँदैछ गूगल
काठमाडौँ । चोरी भएको वा हराएको स्मार्टफोन हत्तपत्त फेला पर्दैन । यसरी फोन फेला पर्नु कुनै आश्चर्यभन्दा कम हुन्न । फोनमा अनेकौं सुविधा छन्, थरीथरीका प्रविधि राखिएका छन् । तर आज पनि चोरी भएको फोन पत्ता लगाउन निकै गाह्रो छ । कहिलेकाँही प्रहरीको अथक प्रयासले पनि फोन भेटिन्न । तर अब गुगलले भने चोरी भएका फोनलाई सुरक्षित राख्न नयाँ फिचरको घोषणा गरेको छ ।
गुगलले एन्ड्रोइड स्मार्टफोनलाई पहिले भन्दा धेरै सुरक्षित बनाएको छ । तपाइँको फोन चोरी भएको छ भने, नयाँ ‘थेफ्ट डिटेक्शन लक’ ले तपाइँको व्यक्तिगत जानकारी सुरक्षित राख्नेछ । चोरका लागि पनि फोन बेकार हुनेछ । गुगलको यो फिचर हाल अमेरिकामा एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि जारी गरिएको छ । यो सुविधा भर्खरै लन्च गरिएको स्मार्टफोनमा दिइएको थियो ।
गुगलले फोन चोरीसम्बन्धी तीन प्रमुख सुविधाहरू ल्याएको छ । जसमा चोरी भएपछि फोन स्वतः ‘थेफ्ट डेडिकेशन लक मोड’मा जानेछ र फोन बन्द हुनेछ । फोनमा रहेका डेटासम्म चोर पुग्न सक्ने छैन । नयाँ थेफ्ट डिटेक्शन लक फिचरले मेसिन लर्निङ मोडेलको प्रयोग गर्छ । यसले प्रयोगकर्ताको हातबाट फोन कहिले खोसियो छ र चोर कसरी (पैदल वा गाडी)मा भाग्न खोजिरहेको छ भनेर पहिचान गर्न सक्ने बताइएको छ ।
यो पत्ता लाग्ने बित्तिकै एन्ड्रोइड स्मार्टफोन स्वतः ‘थेफ्ट डिटेक्शन लक मोड’ मा जान्छ र तुरुन्तै लक हुनेछ । फोनमा रहेको डाटासम्म चोर पुग्नै सक्दैन । अफलाइन डिभाइस लक भनिने अर्काे सुविधा पनि छ । लामो समयसम्म चोरले फोनबाट इन्टरनेट कनेक्शन हटाउने कोशिश गर्दा यो फिचरले काम गर्न थाल्छ । रिमोट लक फिचरले फाइन्ड माई डिभाइस म्यानेजर एप वा वेबमार्फत प्र्रयोगकर्तालाई चोरिएको वा हराएको आफ्नो फोन टाढैबाट लक गर्ने सुविधा दिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण