अत्याधिक सेक्सका कारण यो प्रजाती भइरहेछ गायब !
अष्ट्रेलियामा पाइने मास्र्युपियल प्रजातीको जीवका दुई भालेको केही दिनअघि सेक्सपश्चात् मृत्यु भयो । अष्ट्रेलियाको दैनिक पत्रिकामा प्रकाशित रिपोर्टका अनुसार वैज्ञानिकले यसलाई अब लोपोन्मुख जीवको श्रेणीमा राख्ने निर्णय गरेको छ । भविष्यका लागि यो प्रजातीको जीवलाई बचाएर राख्नुपर्ने वैज्ञानिकको उद्देश्य भएको बताइएको छ ।
सन् २०१३ मा पहिलो पटक यो प्रजातीको खोजी गरिएको थियो । कालो पुच्छर र खरानी रंगको शरिर भएको यो जीवको विशेषता यो अत्यधिक सेक्समा रुची राख्छन् । अत्यधिक सेक्सका कारण थुप्रै पटक उनीहरुको मृत्यु पनि हुने गरेको छ । यसका कारण उनीहरुको सेक्सको प्रवृत्तिलाई वैज्ञानिकले सूसाइडको संज्ञा दिएका छन् । यो प्रजातीले दिनमा १४ घण्टासम्म सेक्स गर्ने क्षमता राख्छन् ।
क्विन्सल्याण्ड युनिभर्सिटीका वैज्ञानिक एन्ड्रयू बेकर भन्छन्, ‘यो जीव हदभन्दा बढि सेक्स गर्छन् । त्यसकारण उनीहरु सँधै एक पार्टनरपछि अर्को पार्टनरको खोजीमा हुन्छन् । यो पूरा प्रक्रिया निकै थकान दिने हुन्छ र यसको असर उनीहरुमाथी पनि पर्छ । थुप्रै पटक लगातार सेक्सका कारण उनीहरुको शरिरमा चोट लाग्छ तर पनि उनीहरु रोकिँदैनन् ।’
वैज्ञानिकका अनुसार अत्यधिक सेक्सका कारण उनीहरुको शरिरबाट अत्यधिक मात्रामा हर्मोन्स निस्कने गर्दछ । एक समयपछि उनीहरु आफूलाइ नियन्त्रण गर्न सक्दैनन् जसका कारण उनीहरुको ज्यानै जाने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण