कारको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी जवानको मृत्यु
सोमबार, २१ असोज २०८१, १३ : २९
काठमाडौँ । मोरङको बेलबारीमा कारको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी जवानको मृत्यु भएको छ । बेलबारी नगरपालिका–८ स्थित चिसाङमा पूर्वतर्फ जाँदै गरेको प्रदेश–३–०१–०२४ च ०७३४ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार चित्रसागर राईको मृत्यु भएको हो । ३२ वर्षीय राई प्रहरी जवान हुन् । उनी सुनसरीमा कार्यरत थिए ।
राईले चलाएको प्रदेश–१–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल लाई कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले रातोपाटीलाई बताए । कार चालक मोरङको सुन्दरहरैंचा–९ घर भएका ३० वर्षीय दुलाल मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण