भेट्रान्स फुटबलको दोस्रो संस्करण कार्तिकमा
काठमाडौँ । ‘फुटबलर्स मिसन टुगेदर’ले भेट्रान्स फुटबल प्रतियोगिता–२०८१ आयोजना गर्ने भएको छ । यसअघि प्रतियोगिताको एक संस्करण आयोजना भइसकेको छ । प्रतियोगितामा ४० वर्ष नाघेका पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुन लागेको हो । प्रतियोगिता आगामी कार्तिक ३ गतेदेखि मध्यपुर फुटबल खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिता नकआउट प्रणालीमा खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा २१ टोलीको सहभागिता रहने बताइएको छ । पहिलो हुने टोलीले आठ लाख र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । यसका अतिरिक्त व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिता सञ्चालन गर्न ३१ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको मुख्य प्रयोजक नागार्जुन नगरपालिकाले १५ लाख रुपैयाँ उपलब्ध गराउने बताइएको छ । अपुग रकम टिम दर्ता शुल्कलगायत विभिन्न प्रायोजकबाट पुरा गरिने आयोजकले जनाएको छ ।
टिम दर्ता गराउन काठमाडौँ उपत्यकाका टिमलाई २० हजार र उपत्यका बाहिरको टिमलाई पाँच हजार शुल्क तोकिएको छ । प्रतियोगितालाई सफल पार्न विभिन्न उपसमिति गठन गरिएको पनि आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण