महालक्ष्मी विकास बैंकमा भिसा ३डी सुविधा
सोमबार, २१ असोज २०८१, १५ : ५१
काठमाडौँ । महालक्ष्मी विकास बैंकले भिसा ३डी सुविधा थप गरेको छ । नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ ।
ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम डलर तथा एन.पी.आर कार्डहरु मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन नयाँ सुविधा ल्याइएको बैंकको भनाइ छ ।
यस सुविधा थप गरे सँगै ग्राहकहरुले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुने जनाइएको छ । जसले गर्दा ग्राहकहरुको आफ्नो कार्डको विवरण अनाधिकृत रुपबाट प्रयोग हुनबाट जोगिनेछ भने प्रत्येक कारोबार समेत प्रमाणीकरण हुने बैंकले जनाएको छ ।
बैंकका अनुसार ३डी सुविधा थप गर्दा हुने फाइदा
- यस प्रविधिको प्रयोगबाट अनलाइन कारोबारलाई थप प्रमाणीकरणको आवश्यक पर्ने भएकोले ग्राहकहरु अनलाइन मार्फत हुने ठगीबाट बच्न सक्नेछ्न ।
- ग्राहकहरुको वित्तीय जानकारी सुरक्षित हुने साथै अनाधिकृत पँहुचबाट सुरक्षित हुने भएकोले ढुक्कसँग कारोबार गर्न सक्नेछन् ।
- रियल टाइममा नै कारोबारको प्रमाणीकरण हुनेछ ।
- विश्वभर रहेका हजारौँ इकमर्श वेभसाइटहरुले भिसा ३डी सुरक्षित रहेका डेबिट तथा क्रेडिट कार्डहरु सजिलै स्वीकार गर्ने भएकोले ग्राहकहरुले जुनसुकै ठाँउबाट तथा जुनसुकै सयममा पनि किनमेल गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण