पार्टीमा भ्रम नफैलाउन भीम रावललाई चेतावनी
काठमाडौँ । एमालेका नेता भीम रावललाई सोही पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले पार्टीमा भ्रम नफैलाउन चेतावनी दिएका छन् ।
अध्यक्ष जैसीले सोमबार विज्ञप्ति जारी गर्दै निवर्तमान उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका रावलले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तसँग मेल नखाने गरी अनावश्यक रूपमा सामाजिक सञ्जालमा अन्तर्विरोध चर्काउने गरी लेखेको भन्दै प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक संवाद भइसकेपछि निरन्तरता दिनुपर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्जालमा लेखिरहने प्रवृत्ति पार्टीको लागि घातक हुने भएकाले केन्द्रीय अध्यक्षसँगै वार्ता अगाडि बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र शुभेच्छुकको बिचमा भ्रम नछर्ने चेतावनी दिन चाहन्छु’, जैसीले रावललाई चेतावनी दिएका छन् ।
एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले केही समयअघि दिएको अभिव्यक्तिमा रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत खण्डन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण