महाधिवेशनको म्यान्डेट विपरीतका कमिटीहरू खारेज गर्न माधव नेपाललाई सुझाव
सोमबार, २१ असोज २०८१, २१ : २४
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूले अध्यक्ष माधवकुमार नेपाललाई महाधिवेशनको म्यान्डेट विपरीतका सबै कामकारबाही खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले केन्द्रीय कमिटी, पोलिटब्युरो र पदाधिकारी खारेज गर्न भनेका हुन् ।
सोमबार अध्यक्ष नेपाललाई भेटेर उनीहरुले पार्टीको आन्तरिक एकता जोगाइ राख्न यस्तो आग्रह गरेको दाबी गरेका छन् । नेताहरू जीवनराम श्रेष्ठ, विजय पौडेल, हरि पराजुली लगायत नेताहरूले पार्टी कार्यालयमा अध्यक्ष नेपाललाई भेटेर यस्तो आग्रह गरेका हुन् ।
अध्यक्ष नेपाललाई बुझाएको ज्ञापनपत्रमा ३४४ सदस्यीय केन्द्रीय कमिटी, पदाधिकारी र पोलिटव्युरो कमिटी समेत अवैध रहेकाले खारेज गर्नुपर्ने उल्लेख छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण