चर्चित फुटबलर वेन रुनीलाई ‘लेजेन्ड्स अफ फुटबल’ अवार्ड
काठमाडौँ । आफ्नो समयका प्रभावशाली फुटबल खेलाडी वेन रुनीले अर्को एउटा अवार्ड घर भित्राएका छन् । म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी रुनीले ‘लेजेन्ड्स अफ फुटबल’ अवार्ड हात पारेका हुन् ।
३८ वर्षीय रुनी लन्डनमा आयोजित अवार्ड वितरण समारोहमा श्रीमती कोलिन र जेठा छोरा काईसहित उपस्थित भएका थिए । इङ्ल्यान्डको राष्ट्रिय टोलीलाई थुप्रै महत्त्वपूर्ण उपलब्धि दिलाएका रुनी हाल प्रशिक्षकको भूमिकामा सक्रिय छन् ।
रुनीले इङ्लिस प्रिमियर लिग क्लब एभर्टनबाट आफ्नो खेल जीवन सुरु गरेका थिए । उनी सन् २००२ मा एभर्टनको सिनियर टोलीमा आबद्ध भएका थिए । त्यसपछि उनले सन् २००४ देखि सन् २०१७ सम्म म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए ।
‘लिजेन्ड अफ फुटबल अवार्ड पाउनु मेरा लागि गौरवको विषय हो । यसअघि यो अवार्ड विश्वकै सर्वोत्कृष्ट फुटबलरहरूले पाएकाले पनि यसको महत्त्व विशेष छ । यसका लागि म सबैप्रति आभारी पनि छु,’ अवार्ड प्राप्त गरेपछि रुनीले भने ।
रुनीभन्दा अगाडि विश्वका महान फुटबलर पेले, डेभिड बेकह्याम, आर्सने वेंगर, फारा विलियम्स, सर एलेक्स फर्गुसनलगायतले पनि यो अवार्ड प्राप्त गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण