तस्बिरमा हेर्नुहोस् सुनौली बजारमा उपभोक्ताको भिड
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका, झुस्साकी उमा थापा मगर भारतको सुनौली बजारमा पुगेर दसैँका लागि सामान किनिन् । बुटवलको तुलनामा कपडा सस्तोमा पाइने भएकाले आफू सुनौली बजार आएको उनले बताइन् ।
बुटवलको तुलनामा सुनौलीमा विभिन्न सामान ४० प्रतिशत सस्तोमा पाइने उपभोक्ता बताउँछन् ।
बुटवल, भैरहवाभन्दा सस्तोमा समान पाईने भएकोले धेरै नेपाली उपभोक्ता भारतीय बजार सुनौलीमा जाने गर्दछन् । झन् चाडपर्वमा सुनौली पुगेर किनमेल गर्ने उपभोक्ताको सङ्ख्या उल्लेख्य हुने गर्दछ ।
भारतको महाराजगञ्ज जिल्लामा पर्ने सुनौलीमा नेपाली रुपैयाँ चल्छ र नेपाली भाषामै व्यापार हुन्छ । चिनी, चियापत्ती, साबुनदेखि दसैँका लागि लत्ताकपडा र अन्य सामानसमेत किन्न जानेहरूको भिड सुनौलीमा बढेको छ ।
पछिल्लो समय सुनौलीमा नेपाली ग्राहक कारणले भिडभाड बढेको सुनौलीको २ नम्बर गल्लीमा रहेको एक कपडा पसलका सञ्चालक दीपक जोशीले बताए । अब दसैँ, तिहार, छठ, त्यसपछि नेपालीको कुलपूजा हुने भएकाले सुनौलीमा व्यापार धेरै हुने अपेक्षा रहेको उनले बताए ।
_GRp5K0N4iT.jpg)
गत वर्ष नेपाल सरकारले भारतबाट १ सय रुपैयाँभन्दा बढीको सामान ल्याएमा भन्सार शुल्क लगाउने निर्देशन दिएपछि धेरै नेपाली भन्सार तिर्ने झन्झटले गर्दा सामान्य किनमेलका लागि सुनौली जान छाडेका थिए । अहिले उक्त नियम फितलो भएपछि सुनौलीमा कारोबार धेरै भएको भारतीय व्यापारीको बुझाइ छ ।
सुनौली बजारको गल्ली नम्बर २ मा रहेको एक खाद्यान्न पसलका सञ्चालक उमेश रायले सुनौली बजारमा कोभिडपछि पहिलो पटक अहिले धेरै भिडभाड भएको बताए । खाद्यान्नको व्यापार निकै राम्रो रहेको उनको भनाइ छ ।
नेपाली बजारको तुलनामा सुनौलीमा सामान सस्तो
बुटवलको बजारमा चिनी खरिद गर्नुभन्दा सुनौलीमा खरिद गर्दा प्रतिकिलो ४० रुपैयाँ बचत हुन्छ । मुख्यगरी चिनी, साबुन, दालदेखि कपडाजस्ता बस्तुको मूल्य नेपाली बजारको तुलनामा सुनौलीमा सस्तो छ ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद आचार्यले सुनौलीमा सामान सस्तो पाइने भएकाले नेपाली ग्राहकहरू उता जाने गरेका बताए । तर नेपाली बजारको तुलनामा भारतीय बजारमा पाइने सामानको गुणस्तरमा फरक पर्ने उनको दाबी छ । ‘उपभोक्ताले सस्तोमात्र खोज्दा गुणस्तरमा ध्यान दिएको देखिँदैन,’ उनले भने ।
_IwPFEGa6re.jpg)
रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीले गत वर्ष एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार लगाउन थालिएपछि सीमावर्ती क्षेत्र सुनौलीको व्यापार खस्किएको बताए । तर यो वर्ष भन्सारमा त्यति कडाइ नहुँदा नेपाली बजारको तुलनामा भारतीय बजार फस्टाएको उनले बताए ।
अधिकारीले भने, ‘नेपाली उपभोक्ताका कारण सुनौली बजारमा भरिभराउ छ, तर यता नेपाली व्यापारीहरूले सटर भाडा तिर्न नसक्ने अवस्था छ ।’
_a6qjv0nLyt.jpg)
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले एक सय रुपैयाँभन्दा धेरैको सामान ल्याउनेलाई राजस्व लिनुपर्ने नियम यथावत् रहेको बताए । तर चाडपर्वको बेला धेरै भिडभाड हुने भएकाले सानोसानो बस्तुमा चेकिङ बस्ने कर्मचारी साथीहरूको ध्यान कम पुगेको हुन सक्ने उनको भनाइ छ ।
_H3s9uMUtl3.jpg)
_a6MEMAH2eo.jpg)
_KmwpdKDkzp.jpg)
_T81EXyimLC.jpg)
_GoMgzsBa2f.jpg)
_KwRwVsqtnN.jpg)
_18swctWA2b.jpg)
_zAVu5cApue.jpg)
_DgxFriFiDp.jpg)
_MmgFUttge6.jpg)
_KmT0YqmAeG.jpg)
_vETQZO7srh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः वाग्ले
-
दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण