बागमती पुलको पहुँचमार्ग मर्मतसँगै कान्ति लोकपथ सञ्चालनमा
हेटौँडा । काठमाडौँ छोटो दुरीको मार्ग कान्ति लोकपथ सञ्चालनमा आएको छ । बगुवास्थित मकवानपुर र ललितपुरको सिमानाको बागमती पुलको पहुँचमार्ग मर्मत गरेर सडक संचालनमा ल्याइएको हो ।
ललितपुर र मकवानपुर जोड्ने बागमती नदीमाथीको बगुवा पुलसम्मको पहुँचमार्ग मर्मत गरेपछि सडक संचालनमा ल्याइएको कान्ति लोकपथकी योजना प्रमुख रत्नलक्ष्मी बज्राचार्यले जानकारी दिइन् ।
उनका अनुसार दिउँसोबाट कान्ति लोकपथ भएर सवारीसाधन पूर्ण रुपमा सञ्चालन हुनेछ । अहिले पनि सामान्य रुपमा सवारीन आवागमन खुला गरिएको भएपनि लालितपुरतर्फको पहुँचमार्गमा अझै पनि फिलिङ गर्न बाँकि रहेकाले काम भइरहेको प्रमुख बज्राचार्यको भनाई छ ।
गत ११ र १२ असोजको अविरल वर्षाले कान्ति लोकपथ अन्तर्गत बागमती माथीको बगुवा पुलको मकवानपुरतर्फको पहुँचमार्ग बगाउँदा सवारी आवागमनमा समस्या भएको थियो । लभलग दस दिनपछि कान्ति लोकपथ आजबाट सुचारु भएको हो ।
बागमतीमा आएको बाढीले मकवानपुरतर्फ बगाएको भाग मर्मत गरेपछि यातायात सुचारु गरिएको कान्ति लोकपथकी योजना प्रमुख रत्नलक्ष्मी बज्राचार्यले जानकारी दिइन् । उनले गएराति नै मर्ममतको काम सकिएपनि ललितपुरतर्फको पहुँचमार्गमा अझै थोरै फिलिङको काम बाँकी रहेकाले आज दिउँसोबाट सवारी साधनको आवतजावत खुला गर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
-
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
-
के तपाईंको सम्बन्ध भावनात्मक रूपमा असुरक्षित छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण