दसैँ बिदामा मानव अधिकार आयोग खुला रहने
मङ्गलबार, २२ असोज २०८१, १२ : ५७
काठमाडौँ । दसैँ बिदाको अवधिमा राष्ट्रिय मानव अधिकार आयोग खुला रहने भएको छ । आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू दसैँ बिदाको अवधिमा बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहने भएको हो ।
आम नागरिकको मानव अधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी विगतमा झैँ यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने निर्णय भएको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमन समेत गर्ने विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण