२७ अंकले घट्यो नेप्से, ४ अर्ब ५९ करोड बराबरको कारोबार
काठमाडौँ । शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचकमा सो बराबरको गिरावट हुँदा बजार परिसूचक २ हजार ६ सय ६३ दशमलव ३२ अंकमा झरेको हो । आज बजारमा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बजारमा २ सय ४४ कम्पनीको शेयर कारोबार हुँदा २ सय ७ कम्पनीको मूल्य घटेको छ । ३५ कम्पनीको मूल्य बढ्दा २ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ ।
परिसूचकमा उच्च गिरावट हुँदा आज बजारमा १३ मध्ये १२ वटा उपसूचकमा गिरावट आएको छ । म्युचुअल फण्ड उपसमूह भने आन स्थिर रहेको छ । आज बजारमा सबैभन्दा धेरै गिरावट फाइनान्स कम्पनी उपसमूहको २.७६ प्रतिशतले भएको छ । बैंकिङ र माइक्रोफाइनान्स उपसमूहबाहेक बाँकी सबै उपसमूहका परिसूचकहरू एक प्रतिशत भन्दा धेरैले घटेको छ ।
आज बजारमा सेयरमूल्य बढेका कम्पनीमध्ये मध्य सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । सर्वाधिक मूल्य घटेको इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले ८.५ प्रतिशत मूल्य गुमाएका छन् । बजारमा आज एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वाधिक २७ करोड रुपैयाँ बराबरको कारोबार भयो । कारोबार सङ्ख्याको आधारमा भने नेपाल फाइनान्स सबैभन्दा अगाडि भयो ।
आजको गिरावटसँगै बजार पुँजीकरण ४३ अर्बले घटेर ४२ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण