लागु औषधसहित तीनजना पक्राउ
मङ्गलबार, २२ असोज २०८१, २० : ३८
बुटवल । दाङको घोराही–१८ मसिनाबाट प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाका अनुसार गोप्य सूचनाको आधारमा सुविन्द्र पुन र चेतन बुढालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा अफिम बरामद भएको थियो ।
सोधपुछको क्रममा अफिम रुकुम पूर्वका बिनी पुनबाट खरिद गरेको खुल्न आएपछि प्रहरीले बिनी पुनको डेरामा छापा मारी थप चरेश र अफिम बरामद गरेको हो ।
पक्राउ परेका व्यक्तिहरूमा ३७ वर्षीय सुविन्द्र पुन, ५१ वर्षीय चेतन बुढा र ४२ वर्षीया बिनी पुन रहेका छन् । प्रहरीले उनीहरूको साथबाट ३८ किलो ९७२ ग्राम चरेश र ११ किलो १८० ग्राम अफिमसहित विभिन्न उपकरणहरू बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
-
भानु जयन्तीमा मात्रै बौरिन्छ चुँदीरम्घा : २४ करोडको गुरुयोजनाले फेरिएला त आदिकविको जन्मथलो?
-
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण