बबईमा डुबेर बालकको मृत्यु
मङ्गलबार, २२ असोज २०८१, २३ : ०३
तुलसीपुर । दाङस्थित बबई नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार दिउँसो करिब २: ४५ बजेतिर डुबेर दाङ दङ्गीशरण निवासी नरेश खड्काका नौ वर्षीय छोरा पुष्कर खड्काको मृत्यु भएको हो ।
दङ्गीशरण गाउँपालिका–४ बैबाङस्थित बबई नदीमा पौडी खेल्ने क्रममा दुई जना बालक डुबेका थिए । डुबेका बालकमध्ये पुष्करको मृत्यु भएको हो भने अर्का एक बालकाका भने सकुशल उद्दार गरिएको छ ।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए । खोजी कार्यपछि करिब ३:३० बजे डुबेको स्थानबाट करिब १०० मिटर तल नदीको बीच भागमा पुष्करको शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण