दाङबाट ५० किलो अफिम र चरेससहित तीनजना पक्राउ
बुधबार, २३ असोज २०८१, ११ : ०४
काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर–१८ बाट प्रहरीले अफिम र चरेस सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्व पुथाउत्तरगंगा घर भएका ३७ वर्षीय सुविन्द्र पुन, ५१ वर्षीय चेतन बुढा र रुकुम पूर्व काक्री घर भएर घोराहीमा बस्दै आएकी बिनी पुन छन् ।
आरोपीहरूको साथबाट ३८ किलो ९७२ ग्राम चरेस र ११ किलो १८० ग्राम अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुवै लागु औषधको परिमाण ५० किलो १५२ ग्राम हुन्छ ।
डीएसपी ईश्वर थापा नेतृत्वको टोलीले सुरुमा सुविन्द्र र चेतनलाई पक्राउ गरेको थियो । उनीहरूको बयानको आधारमा लागु औषध बेच्ने ४२ वर्षीया बिनी पुन पक्राउ परेकी हुन् । बिनीको डेराबाट प्रहरीले लागु औषध तौल गर्ने डिजिटल तराजु पनि बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण