करेन्ट लागेर आमा छोराको मृत्यु
बुधबार, २३ असोज २०८१, २० : ५२
रौतहट । रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लाग्दा आमा छोराको मृत्यु भएको छ। स्थानीय परोहा नगरपालिका–७ नरकटिया टोलका राजेश साहकी ३५ वर्षीय पत्नी ललिता देवी साह र १८ वर्षीय छोरा अर्जित साहको करेन्ट लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार मंगलबार दिउँसो धारामा जडान गरिएको मोटर चलाएर लुगा धुने क्रममा आमा छोरालाई करेन्ट लागेको थियो।
दुवै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा चिकित्सकले गएराति मृत घोषित गरेको प्रवक्ता रायले बताए। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभावी पार्किङ (तस्बिरहरू)
-
‘अदालतजस्तो उजुरी मात्र पर्खेर नबसौं’
-
राष्ट्रिय सभामा मन्त्रीका सल्लाहकार भर्तीदेखि लोडसेडिङसम्मको उठ्यो मुद्दा
-
उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धिका लागि सरकार क्रियाशीलः उद्योगमन्त्री
-
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी
-
‘बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कडा निगरानी छ, कैफियत देखिए तत्काल जरिवाना हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण