माल्टाका राष्ट्रपतिसँग एनआरएनएको टोलीको भेट
काठमाडौँ । माल्टाका राष्ट्रपति मरियम स्पिटेरी डेबोनोसँग त्यहाँस्थित गैरआवासीय नेपाली संघ(एनआरएनए) का पदाधिकारीले भेटवार्ता गरेका छन् ।
एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनाल नेतृत्वको टोलीले राष्ट्रपतिसँग भेट गर्दै विविध विषयमा छलफल गरेको हो ।
भेटवार्ता नेपाल र माल्टाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण रहेको अध्यक्ष खनालले बताए ।
‘छलफलका क्रममा द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने, नेपाली समुदायको कल्याण र माल्टा तथा गोजमा बस्ने नेपालीहरूको मुद्दामा गहन छलफल भयो’, खनालले भने, ‘साथै, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा सहकार्य गर्नका लागि नयाँ सम्भावनाहरूको खोजी गर्ने प्रतिबद्धता व्यक्त गरियो।’
सो अवसरमा माल्टाका राष्ट्रपतिले नेपाली समुदायको योगदानको सराहना गरेको खनालले बताए । यस्तै उनले भविष्यमा अझ सशक्त सहकार्यको अपेक्षा गरेकी थिइन् ।
भेटबारे राष्ट्रपति कार्यालयले आफ्नो आधिकारिक एक्समा पनि उल्लेख गरेको छ । एक्समा राष्ट्रपति कार्यालयले भनेको छ, 'गैरआवासीय नेपाली संघबाट राष्ट्रपतिसमक्ष शिष्टाचार भेट भएको छ । उनीहरुले माल्टामा करिब १० हजार नेपाली समुदाय रहेको र उनीहरुल सामना गर्नुपरेका चुनौतीलगायतबारे छलफल भएको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण