माल्टाका राष्ट्रपतिसँग एनआरएनएको टोलीको भेट

काठमाडौँ । माल्टाका राष्ट्रपति मरियम स्पिटेरी डेबोनोसँग त्यहाँस्थित गैरआवासीय नेपाली संघ(एनआरएनए) का पदाधिकारीले भेटवार्ता गरेका छन् ।
एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनाल नेतृत्वको टोलीले राष्ट्रपतिसँग भेट गर्दै विविध विषयमा छलफल गरेको हो ।
भेटवार्ता नेपाल र माल्टाबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण रहेको अध्यक्ष खनालले बताए ।
‘छलफलका क्रममा द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने, नेपाली समुदायको कल्याण र माल्टा तथा गोजमा बस्ने नेपालीहरूको मुद्दामा गहन छलफल भयो’, खनालले भने, ‘साथै, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा सहकार्य गर्नका लागि नयाँ सम्भावनाहरूको खोजी गर्ने प्रतिबद्धता व्यक्त गरियो।’
सो अवसरमा माल्टाका राष्ट्रपतिले नेपाली समुदायको योगदानको सराहना गरेको खनालले बताए । यस्तै उनले भविष्यमा अझ सशक्त सहकार्यको अपेक्षा गरेकी थिइन् ।
भेटबारे राष्ट्रपति कार्यालयले आफ्नो आधिकारिक एक्समा पनि उल्लेख गरेको छ । एक्समा राष्ट्रपति कार्यालयले भनेको छ, 'गैरआवासीय नेपाली संघबाट राष्ट्रपतिसमक्ष शिष्टाचार भेट भएको छ । उनीहरुले माल्टामा करिब १० हजार नेपाली समुदाय रहेको र उनीहरुल सामना गर्नुपरेका चुनौतीलगायतबारे छलफल भएको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा
-
अन्नपूर्ण चर्चित भयो तर गुमनाम छ हार्जोग हिँडेको बाटो
-
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने तयारी सुरु
-
नागढुंगाबाट ४५ लाखको सुनसहित भारतीय नागरिक पक्राउ
-
माधव नेपालको बदनियत देखाउन यस्ता छन् अख्तियारले लिएका आधार
-
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल