काठमाडौँ । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याउने र बढाइँ गरिएको छ । सोही उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ ।
_eyqKnhS1mJ.jpg)
राजधानीको टुँडिखेलमा फूलपाती बढाइ समारोह २०८१ अवलोकनका लागि राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तित्वहरू पुगेका थिए ।
_anS02QJwQN.jpg)
सैनिक मञ्च टुँडिखेलमा हुने फूलपाती बढाइँ कार्यक्रममा मल्लकालीन अवस्थादेखि नै नेपाली सेनाको सहभागिता रहँदै आइरहेको छ ।
_zIgJronv6R.jpg)
फूलपातीको दिनमा नेपाली सेनाका विभिन्न युनिटबाट फौजहरू खटी बाजागाजासहित नाचगानका साथसाथै सांस्कृतिक कार्यक्रम गरी बढाइँ दिई लावालस्करसहित उक्त पर्व धूमधामका साथ मनाउने गर्छन् ।
_bO52gqBxXY.jpg)
राज्यकालीन अवस्थादेखि मगर पुजारी, बाजागाजासहित शार्दूल जङ्ग गुल्म (गुर्जु पल्टन) तथा नेपाली सेनाका अन्य युनिट सबयुनिट प्रत्यक्ष रूपमा सहभागी भई ऐतिहासिक फूलपाती भित्र्याउने कार्यले राष्ट्रिय पर्व संवर्द्धन र प्रवर्द्धनमा ठुलो भूमिका देखिँदै आएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसी बताउँछन् ।
_HSIh9Gnwvg.jpg)
सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाइँ सकिए लगत्तै अत्यावश्यक बाहेकका जनशक्तिलाई दसैँको छुट्टी दिने परम्परा छ ।
_hZ569MgzsI.jpg)
_eDoUUSTN9V.jpg)
_9uiYOmJL1x.jpg)
_iT74SBqluG.jpg)
_7UC71wwKrG.jpg)
_p1VNrnqCtP.jpg)
_QJG35YI2PC.jpg)
_4LaX8ixLlg.jpg)
_O6TyHLMskC.jpg)
_MIA9wksGql.jpg)
_2ZYYj15vrq.jpg)
_qgdWT6YWGn.jpg)
_fa7ULY92lS.jpg)
_9cns9uDUSm.jpg)
_doEG7I6ce1.jpg)
_XNMVmIOvQs.jpg)
_Pk6ygeOlMZ.jpg)
प्रतिक्रिया