राष्ट्रपतिले अपराह्न साढे ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने
काठमाडौँ । यसपालिको दसैँमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन् । शनिबार विजया दशमीका दिन राष्ट्रपतिले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा टीका लगाइदिने सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिएका हुन् ।
पन्थीका अनुसार अपराह्न ३:०० बजे देखि ३:३० बजेसम्म इच्छुक सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू तथा मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, संघीय संसद्का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीज्यूहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामती, जंगी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकहरूलाई टीका लगाइदिने कार्यक्रम रहेको छ ।
त्यसपछि अपराह्न ३:३० बजे देखि ५:०० बजेसम्म इच्छुक सर्वसाधारणहरूलाई पनि राष्ट्रपतिले टीका लगाइदिनेछन् । टीका लगाउन आउँदा मर्यादित पोसाक लगाउन भनिएको छ । टीका थाप्न आउनेका लागि प्रवेशद्वार नं. १ मा व्यवस्था मिलाइने छ ।
_f8tIWQr8gY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण