अमेरिकामा नेपालीहरूले मनाए दसैँ
वासिङ्टन । अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरूले मान्यजनहरूबाट टीका ग्रहण तथा आशीर्वाद लिई दसैँ मनाएका छन् । अमेरिकामा केही राज्यमा केही घण्टा फरक हुने हुनाले अझै टिका ग्रहण गर्ने क्रम जारी रहेको छ ।

यस पटक अमेरिकामा छुट्टीको दिन टीका लगाउने दिन परेकोले अझ नेपाली समुदायलाई सजिलो भएको छ । तथापि अझ पनि काममा बिदा नहुने नेपालीहरूले साँझमा कामबाट आएर टीका समेत ग्रहण गरेका छन् ।

यस वर्षको दसैँ शनिबार परेकोले नेपाली समुदाय निकै खुसी हुनुको साथै आफ्नो संस्कृति ,परम्परा तथा चाडपर्व मनाउन निकै हर्षित देखिन्थे l अमेरिकामा नेपाली सङ्घ/संस्था तथा नेपाली मन्दिरहरूले समुदायको लागि जमराको व्यवस्था गरि दिए पछि सजिलो भएको छ l

अमेरिकाका विभिन्न राज्यहरूमा दर्जनौँ मन्दिरहरू स्थापना गरि सकेका छन् । नेपाली मन्दिरहरूमा घटस्थापना देखि समय व्यवस्थापन गरि मन्दिरको दर्शन गरेका छन् ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपाल सहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेकोले अधिकांशले उक्त समयमा टीका ग्रहण गरे ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दिएको साइत अनुसार अक्टोबर १२, शनिबार न्यूयोर्कमा बिहान १०:०१, टेक्ससमा बिहान १०:०५,वासिङ्टन डिसीमा बिहान ०९:५५ तथा क्यालिफोर्नियामा बिहान ०९:३९ बजे समय शुभ रहेकोले धेरै जनाले यसै अनुसार पनि टिका लगाएका छन् ।

अमेरिकामा हाल ३ पुस्ते परिवार पनि निकै भएकोले नेपाली समुदायले हजुरबा, हजुरआमा, मातापिता, सासुससुरा, पुरोहित, मान्यजन तथा ठुलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट ऐश्वर्य वृद्धि, तथा दीर्घायुको आशीर्वाद समेत लिएका छन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण