विराटनगरमा मुन होटलका सञ्चालकमाथि खुकुरी प्रहार
मङ्गलबार, २९ असोज २०८१, २० : ०१
विराटनगर । विराटनगरको रोडेशेष छेउ भूमि प्रशासन चोकको मुन होटल तथा गीत गजलका सञ्चालक दिलीपकुमार भगतलाई एक समूहले खुकुरी प्रहार गरेको छ ।
खुकुरी प्रहारबाट भगतको हातमा चोट लागेको छ । उनको उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । भगत मुन होटलका सञ्चालक हुन् । होटलमा आएका दुई जनाको समूहले आज साँझ ६ बजेतिर आक्रमण गरेको प्रहरीको भनाइ छ ।
आक्रमणमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त होटल विराटनगरको रोडशेष उत्तर भूमि प्रशासन चोकमा रहेको छ । हतियार प्रहार गरेर आक्रमणकारी भने भागेको प्रहरीको दाबी छ । पुरानो रिसिइबीकै कारण आक्रमण भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण