अविरल वर्षापछिको बाढीले आठ करोड बढीको धान बालीमा क्षति
पाल्हीनन्दन । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीले यहाँ साढे आठ सय विघामा लगाइएको धान बालीमा क्षति भएको छ । जिल्लाको पाल्हीनन्दन‐१ शङ्करपुर र सरावल गाउँपालिका ५, ६ र ७ नं वडा क्षेत्रमा साढे आठ सय विघामा लगाइएको धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र प्रमुख डा रविन्द्रनाथ चौवेले जानकारी दिए ।
कृषि ज्ञान केन्द्रका अधिकृत नवराज घिमिरेले सरावल गाउँपालिकाको सो क्षेत्रमा मात्रै रु आठ करोड ४६ लाख बराबरको धान बाली नष्ट भएको बताए ।
सरावल‐७ का वडाध्यक्ष हेयात खान धुनियाले वर्षापछि धनेवा र झरही खोलाको बाढी धानखेतमा पसेपछि बाली नष्ट भएको बताए । उनले यी दुवै खोलाले बर्सेनि खेतीयोग्य जमिन कटान गरिरहेकाले तटबन्धका लागि तीने तहका सरकारलाई आग्रह गरे ।
पाल्हीनन्दन‐१ का वडाध्यक्ष चुुल्हाईप्रसाद यादवले आफ्नो वडाको शङ्करपुरमा मात्रै ढाई सय विघा धानबाली बाढी तथा डुबानमा परेर नष्ट भएको बताए । स्थानीय किसान सलाउदिन अलि अन्सारीले बाढीका कारण आफ्नो एक विघा जग्गामा लगाएको धान बालीमा क्षति पुगेकाले निकै समस्या भएको गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण