स्याङ्जाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता
स्याङ्जा । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङ्जाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रुपैयाँको लगानीमा कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताए ।
उनले भने, 'जिल्ला जिल्लाका व्यवसायी साथीहरू लगानीका लागि अवसर खोजिरहनु भएको छ त्यसलाई एकीकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुँदैन ।'
अध्यक्ष ढकालले भने, 'यतिबेला बैकमा निक्षेप पर्याप्त छ, ब्याजदर निकै घटेको छ ।यस्तो बेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।'
उनले यो डेढ वर्षको अवधिमा लगानी प्रबर्दनका लागि देश भित्र र बाहिर आफूहरूले निरन्तर अभियान सञ्चालन गरेको जानकारी गराउँदै आफूहरूकै पहलमा सरकारले लगानी मैत्री वातावरण बनाउन ८ वटा कानुन संशोधन गरेको जानकारी गराए ।
निजी क्षेत्रले उठाउँदै आएको मर्यादाक्रमको विषय, कर सम्बन्धी समस्या लगायतका विषयमा आफूहरू निरन्तर लागिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण