सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई वटा उजुरी
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी परेको छ । मङ्गलवारसम्म उजुरी दिने समय रहेकोमा एउटा इमेलबाट र एउटा लिखित रूपमा उजुरी परेको संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछानेले रातोपाटीलाई जानकारी दिइन् ।
अर्का प्रस्तावित न्यायाधीश नित्यानन्द पाण्डेविरुद्ध भने उजुरी नपरेको उनले बताइन् । गत असोज १५ गते सुनुवाइ समितिले सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशहरू निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो । दसैँ मानेर सांसदहरू काठमाडौँ आइसकेपछि बैठक राखेर उनीहरूमाथि संसदीय सुनुवाइ गर्ने तयारी रहेको छ ।
निरौलाविरुद्ध एउटा उजुरी सर्वोच्च अदालतको भवन निर्माणमा अनियमितता गरेको दावी गरिएको छ। अर्को उजुरीमा उनी मुख्य रजिस्ट्रारबाट सिधै आएको र अन्य योग्यलाई छोडेर सर्वोच्च ल्याइएको भनी उजुरी परेको छ। सर्वोच्च अदालतको भवन निर्माण गर्दा महाअभियोग लागेर निलम्बनमा परेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वमा थिए भने मुख्य रजिस्ट्रारको रूपमा निरौला थिए ।
उनी राणाकै समयमा उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस पनि भएका थिए । समितिले अब उजुरीहरूलाई खोलेर सुनुवाइ सुरु गर्नेछ । सुनुवाइ समितिले अनुमोदन गरेपछि उनीहरूलाई नियुक्त गरिनेछ। सर्वोच्च अदालतमा अझै पनि चार पद रिक्त रहेको छ। ६ पद रिक्त रहँदा न्याय परिषद्ले दुई जनाको नाम मात्र सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण