नेपाली युवा छनौट गर्दै चिनियाँ दूतावास
काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासाले युथ पायोनियर प्रोग्राम (सीएनवाइपी) सञ्चालन गर्ने भएको छ ।
त्यसका लागि नेपाली युवालाई छनौट गर्ने प्रक्रिया अगाडि बढाएको छ । दूतावासले एक सूचना गरी रुचि राख्ने युवालाई आवेदन दिन आग्रह गरेको छ । नेपाली युवाले कात्तिक २९ गतेसम्म आवेदन दिन सक्ने छ ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले आफ्नो एक्समा भनेका छन्, ‘यदि तपाई अग्रगामी सोच राख्नु हुन्छ र नेपालको सामाजिक तथा आर्थिक विकासमा परिवर्तन ल्याउन चाहनु भएको छ भने कृपया आजै आवेदन दिनुहोस् ।’
आफ्नो नेतृत्व विकास, गेम चेन्जिङ सोचका साथ सामाजिक र आर्थिक विकासका लागि अगाडि बढ्न आग्रह समेत आग्रह गरेका छन् ।
यसमा १८ वर्षदेखि ३२ वर्षका युवाले मात्र निवेदन दिन पाउने छन् । उसले आफ्नो निवेदन अङ्ग्रेजी वा चाइनिज भाषामा मात्र दिन पाउने दूतावासद्वारा जारी सूचनामा उल्लेख छ । सीएनवाइपीमा छनौट भएका युवाको आन्तरिक क्षमता बढाउनका लागि प्रशिक्षणलगायत विभिन्न कार्यशाला गोष्ठी तथा भ्रमणहरू गराउनुको साथै छात्रवृत्ति पनि प्रदान गर्ने भनिएको छ । छनौट भएका युवालाई एक वर्षसम्म नेपाल–चीनका विभिन्न कार्यक्रममा सहभागी गराउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण